त्रिशुली अस्पतालको लापरवाहीको कारण नवजात शिशुको मृत्यु

नुवाकोट । देशकै उत्कृष्ट अस्पतालको रुपमा नाम कमाएको त्रिशुली अस्पतालको लापरवाहीको कारण मंगलवार विहान एक नवजात शिशुको मृत्यु भएको छ ।
मंगलवार विहान त्रिशुली अस्पतालमा प्रशव बेथा लागेर अस्पतालमा सुत्केरी गराउन आएकी विदुर नगरपालिका वडा नम्बर १० वेत्रावतीकी आरती मगरले अस्पतालमा वत्ती नभएकै कारण बच्चा गुमाउनु परेको हो ।
मंगलवार विहान करिव ३ बजेतिर अस्पतालमा सुत्केरी गराउन आइपुगेकी आरतीलाई बत्ती नभएकै कारण डा. मधुकर दाहालले शल्यक्रिया मार्फत सुत्केरी गराउन नसक्ने भन्दै फर्किएको आरतिका श्रीमान नकुल मगरले बताए । उनले आफुले अस्पतालकै लापरवाहीको कारण बच्चा गुमाउन परेको भन्दै अस्पताल प्रशासनले घटनाको दोषीलाई कारवाही र पिडित पक्षलाई न्यायको माग गरेका छन् ।
यस्तै आरतीका छिमेकी अष्टमान डंगोलले अस्पतालमा विविध कारण देखाएर बच्चा र आमाले ज्यान गुमाउनु दुखद घटना भएको भन्दै त्यलाई सच्चाउन अस्पताल प्रशासन लाग्नुपर्ने बताए । उनले अस्पताल प्रशासनले बत्ती नभएको र इन्धन समेत सकिएको वाहाना बनाएर उम्कन नहुने बताए । यसमा अस्पताल प्रशासन गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।
यस्तै त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन अस्पतालमा विद्य्त्तकाृ लाईन काटिएको र १२ घण्टा लगातार जेनेरेटर चलाउँदा इन्धन अभावका कारण अस्पतालमा दुखद घटना घटेको बताए । उनले अस्पतालमा दक्ष जनशत्ति अभावका कारण यस्ता घटना घटिरहेको भन्दै सबैले पहल गरेर जनशत्ति व्यवस्थापन गर्नुपर्ने बताए ।
देशभरमै नम्बर वान बनेर चर्चा कमाएको त्रिशुली अस्पतालले केन्द्रबाट अनुमगन टोली आउँदा सबै व्यवस्थापन गर्ने र अनुगमन टोलीलाई निरिक्षण गराउने र त्यसपछि सबै कुरा लथालिङ्ग हुने गरेको अस्पतालका उक कर्मचारीले विदुर खबरलाई बताए ।
यसअघि गत साता मात्रै सुर्यगढी गाउँपालिका वडा नम्बर ५ की एक युवतीको पोष्टमार्टम गर्न अस्पतालले दुईदिनभन्दा समय लगाएर लापरवाही गरेको भन्दै मृतकका आफन्तले अस्पताल प्रशासनमा धर्ना दिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया