त्रिशुली अस्पतालको लापरवाहीको कारण नवजात शिशुको मृत्यु
नुवाकोट । देशकै उत्कृष्ट अस्पतालको रुपमा नाम कमाएको त्रिशुली अस्पतालको लापरवाहीको कारण मंगलवार विहान एक नवजात शिशुको मृत्यु भएको छ ।
मंगलवार विहान त्रिशुली अस्पतालमा प्रशव बेथा लागेर अस्पतालमा सुत्केरी गराउन आएकी विदुर नगरपालिका वडा नम्बर १० वेत्रावतीकी आरती मगरले अस्पतालमा वत्ती नभएकै कारण बच्चा गुमाउनु परेको हो ।
मंगलवार विहान करिव ३ बजेतिर अस्पतालमा सुत्केरी गराउन आइपुगेकी आरतीलाई बत्ती नभएकै कारण डा. मधुकर दाहालले शल्यक्रिया मार्फत सुत्केरी गराउन नसक्ने भन्दै फर्किएको आरतिका श्रीमान नकुल मगरले बताए । उनले आफुले अस्पतालकै लापरवाहीको कारण बच्चा गुमाउन परेको भन्दै अस्पताल प्रशासनले घटनाको दोषीलाई कारवाही र पिडित पक्षलाई न्यायको माग गरेका छन् ।
यस्तै आरतीका छिमेकी अष्टमान डंगोलले अस्पतालमा विविध कारण देखाएर बच्चा र आमाले ज्यान गुमाउनु दुखद घटना भएको भन्दै त्यलाई सच्चाउन अस्पताल प्रशासन लाग्नुपर्ने बताए । उनले अस्पताल प्रशासनले बत्ती नभएको र इन्धन समेत सकिएको वाहाना बनाएर उम्कन नहुने बताए । यसमा अस्पताल प्रशासन गम्भीर बन्नुपर्नेमा उनले जोड दिए ।
यस्तै त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन अस्पतालमा विद्य्त्तकाृ लाईन काटिएको र १२ घण्टा लगातार जेनेरेटर चलाउँदा इन्धन अभावका कारण अस्पतालमा दुखद घटना घटेको बताए । उनले अस्पतालमा दक्ष जनशत्ति अभावका कारण यस्ता घटना घटिरहेको भन्दै सबैले पहल गरेर जनशत्ति व्यवस्थापन गर्नुपर्ने बताए ।
देशभरमै नम्बर वान बनेर चर्चा कमाएको त्रिशुली अस्पतालले केन्द्रबाट अनुमगन टोली आउँदा सबै व्यवस्थापन गर्ने र अनुगमन टोलीलाई निरिक्षण गराउने र त्यसपछि सबै कुरा लथालिङ्ग हुने गरेको अस्पतालका उक कर्मचारीले विदुर खबरलाई बताए ।
यसअघि गत साता मात्रै सुर्यगढी गाउँपालिका वडा नम्बर ५ की एक युवतीको पोष्टमार्टम गर्न अस्पतालले दुईदिनभन्दा समय लगाएर लापरवाही गरेको भन्दै मृतकका आफन्तले अस्पताल प्रशासनमा धर्ना दिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया