वाग्मती प्रदेशमा बजेट पास गराउनै सकस
नुवाकोट ।वाग्मती प्रदेश सरकारलाई आर्थिक वर्ष २०७८/७९ को बजेट पास गराउन सकस हुने भएको छ ।
असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले सदनमा पेस गरेको ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट पास गराउने विषयमा आफ्नै दलभित्रसमेत मतभेद सिर्जना भएको हो ।
बजेटलाई फेल गराउन प्रतिपक्षी दलहरू एउटै कित्तामा उभिएर सदनमा अवरोध गरिरहँदा सत्तारूढभित्रकै खनाल–नेपाल पक्षसमेत बजेट पास गराउने पक्षमा छैन ।
पार्टी एकताका लागि सन्देश दिने भन्दै आगामी आवको नीति तथा कार्यक्रम सदनबाट पास गराउन एक ढिक्का भएको एमाले सांसदहरू पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेसँगै पुनः विभाजित भएका हुन् । बजेट पास गराउनका लागि मुख्यमन्त्री डोरमणि पौडेलले दुईपटक संसदीय दलको बैठक राखे पनि सहमति जुटिसकेको छैन । वाग्मतीमा एमालेको एकल बहुमत छ । १०९ सांसद रहेको प्रदेशसभामा एमालेको सभामुखसहित ५६ जना सांसद छन्, जसमध्ये खनाल–नेपाल समूहका २२ जना छन् ।
बजेट पास गराउनका लागि बहुमत अर्थात ५५ मतको आवश्यकता पर्छ । खनाल–नेपाल समूहले बजेटको पक्ष वा विपक्षमा उभिने विषयमा केन्द्रको निर्देशन कुरिरहेको उक्त समूहका एक सांसदले बताए । ‘हाम्रो पक्षका योजनाहरू समेटिएको छैन । त्यसलाई समेट्नुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने । उनले बजेटलाई सन्तुलित बनाउने भन्दै सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति बनाएर योजनाहरू माग गरिए पनि पूरा नहुँदा संसदीय दलको बैठकमा विवाद भएको बताए । गत शुक्रबार र शनिबार एमाले संसदीय दलको बैठक हेटौंडामा बसेको थियो ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले पार्टीभित्र बजेटको विषयमा केही असन्तुष्टि भए पनि बहुमतले पास हुने दाबी गरे । ‘पार्टीभित्र गम्भीर समस्या छैन । अलिअलि असन्तुष्टि मात्र हो । स्रोतसाधनको कमी भएको हुँदा एउटै बजेटमा सबै योजनाहरू समेट्न सकिँदैन । सकेसम्म बजेटलाई सन्तुलित बनाएका हौं । योजना समावेशको विषयमा सरकार पनि गम्भीर भएको छ,’ उनले भने । उनले सदनमा उठेको प्रश्नमा सरकारले जवाफ दिने र प्रदेशसभा सञ्चालन हुने वातावरण तयार पार्ने दाबी गरे । बजेटमा विपद् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता गरिएको, योजनाहरू पक्षपाती ढंगले ल्याइएको र न्यायोचित वितरण नभएको भन्दै प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गरेर मोर्चाबन्दी गरिरहेका छन् ।
प्रदेश सरकारले आफैं आमसञ्चार गृह सञ्चालन गर्ने विषय फिर्ता लिनुपर्ने पनि उनीहरूको माग छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाले बजेटलाई लक्ष्यहीन, असन्तुलित र अमूर्त भन्दै टिप्पणी गरिरहेका छन् ।
मुख्यमन्त्रीले जवाफ दिने
प्रदेशसभा सञ्चालनको विषयमा दलहरूवीच सहमति नजुटेपछि वाग्मती प्रदेशसभाको बैठक सोमबार बस्ने भएको छ । विनियोजन विधेयकप्रति असन्तुष्टि व्यक्त गर्दै शनिबार विपक्षी दलहरूले संसद अवरुद्ध गरेका थिए । बैठक सञ्चालन गर्न सभामुख सानुकुमार श्रेष्ठको हेटौंडा–१० स्थित सरकारी निवासमा बसेको सर्वदलीय वैठकमा ठोस सहमति नभएपछि प्रदेशसभाको बैठक एक दिन पर सारिएको हो । आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।
‘३ बजे हुने भनिएको प्रदेशसभाको बैठक विशेष कारणले गर्दा सोमबार दिनको १ बजे हुने भएको छ,’ प्रदेश सचिव कृष्णहरि खड्काले भने । ‘विपक्षी दलहरूले उठाएको विषयमा मुख्यमन्त्रीले सदनमा जवाफ दिने भएपछि बैठक बोलाइएको हो,’ विवेकशील साझा संसदीय दलका नेता रमेश पौड्यालले भने । उनका अनुसार मुख्यमन्त्रीले बैठकमा दिएको जवाफ चित्तबुझ्दो नभएको खण्डमा पुनः सदन अवरुद्ध गरिनेछ ।
सभामुखले बोलाएको सर्वदलीय बैठकमा सत्तापक्ष र विपक्षीको अडान यथावत् रहेपछि कुनै पनि सहमति नभएको सांसद पौड्यालले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया