नुवाकोटमा भारी वर्षा

नुवाकोट । नुवाकोटमा विहिबार रातीदेखि भारी वर्षा भइरहेको छ ।
नुवाकोटसहित काठमाण्डौ उपत्यका, वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश–२ का विभिन्न ठाउँमा रातिदेखि नै ठूलो पानी परेको छ । लगातारको वर्षासँगै नदीमा बाढीको जोखिम बढेको छ ।
लमजुङको रैनासटार, तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, मकवानपुरको चिसापानी गढी र सिलिङ्गे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
ती क्षेत्रका ससाना नदी खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
आज दिनभर नै प्रदेश–१, प्रदेश–२, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले पर्सिसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन यसअघि नै आग्रह गरिसकेको छ ।
प्रतिक्रिया