नेपालमा कोरोना संक्रमण दर १९ प्रतिशतमा झर्यो
नुवाकोट । विगत २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्क्रमणसँगै नेपालमा कूल छ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत रहेको छ ।
९१४ निको
सङ्क्रमण मुक्त भई आज चार हजार ९१४ जना घर फर्किएका छन् । योसँगै कूल पाँच लाख ८१ हजार ३२७ जना निको भएका छन् । नेपालमा निको हुने दर ९१.९ प्रतिशत पुगेको छ ।
३० को निधन
यस्तै विगत २४ घण्टामा ३० जनाको सङ्क्रमणका कारणले निधन भएका छन् । अहिलेसम्म सङ्क्रमणका कारणले आठ हजार ९७५ जनाको निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३०२।६ जनाको निधन भएको छ ।
७३४ आइसियु र २२२ भेन्टिलेटरमा
यसैगरी सङ्क्रमितमध्ये ७३४ जना सघन उपचार कक्ष ९आइसियु० र २२२ जना भेन्टिलेटरमा रहेका छन् । आइसियुमा प्रदेश नं १ मा १४५ जना, प्रदेश नं २ मा २४, वाग्मतीमा ४०५, गण्डकीमा ७७, लुम्बिनीमा ६०, कर्णाली प्रदेशमा १४ र सूदुरपश्चिम प्रदेशमा नौ रहेका छन् ।
भेन्टिलेटरमा प्रदेश नं १ मा ४२, प्रदेश नं २ मा एक, वाग्मतीमा १४१, गण्डकीमा १८, लुम्बिनीमा १४, कर्णालीमा दुई र सूदुरपश्चिममा चार रहेका छन् । होम आइसोलेशनमा ३९ हजार १९९ जना र संस्थागत आइसोलेशनमा दुई हजार ८२५ जना रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया