नुवाकोटमा सक्रिय कोरोना संक्रमित घट्दै

नुवाकोट । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसा पछिल्लो एक सातायता जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ६९ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्किनेको संख्या ४ हजार एकसय ५४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कोरोना सक्रमितको संख्या ५ हजार एकसय ४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा ३० जना रहेका छन् । त्यस्तै तारकेश्वर गाउँपालिकामा १५ जना, किस्पाङ गाउँपालिकामा १३ जना र तादी गाउँपालिकामा १२ जना संक्रमित थपिएका छन् ।
यस्तै पन्चकन्या र तादी गाउँपालिकामा समान २÷२ जना संक्रमित थपिँदा पलखु गाउँपालिकामा एक जना थपिएका छन् ।
जिल्लामा रहेका कुल सक्रिय संक्रमितमध्ये ८ सय ९० जना होम आइसोलेसनमा,२७ जना आइसोलेसन सेन्टरमा र ३६ जना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
नुवाकोटमा हालसम्म १९ हजार ६ सय ४३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया