किस्पाङ गाउँपालिकामा २५ जनामा कोरोना पुष्टि

विदुर खबर २०७८ असार ९ गते २१:३०

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा गाउँपालिकाका २२ पुरुष र ३ महिलासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै किस्पाङ गाउँपालिकाका ३ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ सय ६० पुरुष र एकसय १६ महिला रहेका छन् ।

Advertisement

यस्तै गाउँपालिकाका ८९ जना होम आइसोलेसनमा रहेका बताइएको छ ।

किस्पाङ गाउँपालिकामा हालसम्म ७ सय ७३ जनाको पिसिआर परिक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

प्रतिक्रिया