विदुर नगरपालिकामा थप २७ जनामा कोरोना पुष्टि
विदुर खबर
२०७८ असार ९ गते २०:३७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा १४ पुरुष र १३ महिलासहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार ८ सय ७७ पुगेको छ । संक्रमितमध्ये १२ सय पुरुष र ६ सय ७७ महिला रहेको विदुर नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिकाका २ सय ७० जना कोरोना संक्रमित हाल आइसोलेसनमा उपचार गरिरहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
विदुर नगरपालिकामा हालसम्म ३ हजार २१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया