​चार महिनामा ६ हजार तीर्थयात्री मानसरोबर प्रस्थान

विदुर खबर २०७५ साउन २० गते ११:५१

रसुवा, – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै ६ हजार तीर्थयात्री मानसरोबर गएका छन् । चीन सरकारले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै पहिलो पटक यो नाका प्रयोग गरेर भारतीय तथा विदेशी तीर्थयात्री मानसरोबर गएका हुन् ।

Advertisement

तिब्बतको ल्हासामा रहेको कैलाश मानसरोबरमा बैसाखदेखि हालसम्म एक हजार पाँच सय विदेशी र चार हजार पाँच सय भारतीय तीर्थयात्री मानसरोबर गएका अध्यागमन कार्यालय रसुवाले जनाएको छ ।  भदौ २५ गतेसम्म तीर्थयात्री आउने क्रम जारी रहने कार्यालयका सूचना अधिकारी मान बहादुर बरालले जानकारी दिए ।

Advertisement

अंग्रेजी महिनाको मेदेखि सेप्टेम्बरसम्म तीर्थयात्री मानसरोबर जाने गरेका छन् । कार्यालयले दिएको जानकारी अनुसार अमेरिका, बेलायत, अष्ट्रलिया, क्यानडा, न्युजिल्याण्ड र रुसका नागरिकसमेत मानसरोबर गएका छन् ।

तीर्थयात्री बढेपछि जिल्लाको धुन्चे, स्याफ्रु र टिमुरेमा कारोबर बढेको छ । तीर्थयात्रीहरू जिल्लामा अधिकतम दुई दिनसम्म बस्ने गरेका छन् । रसुवागढी नाकाको प्रयोग गरेर जाँदा शुल्क तिर्न नपर्ने तर भिसा एक्सटेन्सन गर्न परेमा दैनिक ३ डलर र जरिवाना बापत ३० डलर शुल्क लाग्ने सूचना अधिकारी बरालले बताए ।

Advertisement

प्रतिक्रिया