तादी गाउँपालिकामा ११ जना कोरोना संक्रमित थपिए
विदुर खबर
२०७८ असार ७ गते २१:५५

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा गाउँपालिकामा थप ११ जना कोरोना संक्रमित थपिएका छनु् ।
यससँगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ । गाउँपालिकामा संक्रमितमध्ये एकसय ६० पुरुष र ९८ जना महिला रहेका छन् ।
यस्तै गाउँपालिकामा ६६ जना सक्रिय कोरोना संक्रमित रहेका बताइएको छ । उनीहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
तादी गाउँपालिकामा हालसम्म ७ सय ८० जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया