बुबाको किरिया समेत नगरी हिँडेका गंगामायाका छोरा नुरप्रसाद अधिकारी पक्राउ
विदुर खबर
२०७५ साउन २० गते ११:४८

कठमाडौँ । अनशसनकै क्रममा बुबा नन्दप्रसाद अधिकारीको मृत्यु भएपछि सम्पर्कबिहीन बनेका नुरप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनी कृष्णप्रसाद अधिकारी हत्या घटनाका जाहेरीकर्ता तथा उनका भाईसमेत हुन ।
महानगरीय अपराध महाशाखाले आइतबार उनलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो । आमा गंगामायाले छोराको खोजी गरिदिन आग्रह गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नुरप्रसादलाई परिवारको जिम्मा लगाइने अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताएका छन । आफूलाई
सुरक्षा थ्रेट रहेको र आमासँग केही विवाद रहेकाले आफू सम्पर्कमा नबसेको अधिकारीले बताएका छन ।
सम्बन्धित
प्रतिक्रिया