काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय
विदुर खबर
२०७८ असार ६ गते २०:४०
नुवाकोट । काठमाडौं उपत्यकामा थप १ हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।
आइतबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधि थपिए पनि केही खुकुलो पारिएको छ ।
अब निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइने भएको छ ।
यस्तै असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउनेछ । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया