प्रदेश सरकार सचारमाध्यमलाई सँगै लिएर अगाडी बढ्छ : मन्त्री पाण्डे

नुवाकोट । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री केशव राज पाण्डेले बागमती प्रदेश सरकार संचार माध्यमलाई साथसाथै लिएर हिड्न चाहेको बताउनुभएको छ ।
शनिबार राष्ट्रिय टेलिभिजन प्रसारक संघको आयोजनामा बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री सँगको अन्र्तक्रियामा बोल्दै उहाँले बागमती प्रदेश सरकार मिडियाको साथमै हिडिरहेको र आगामी दिनमा पनि मिडियाको साथमै हिड्न चाहेको बताउनुभएको हो ।
उहाँले देशको राजनीतिक परिवर्तनमा राजनीतिकर्मीहरुसँगै संचार क्षेत्रको भुमिका पनि उत्तिकै रहेको भन्दै पत्रकारहरुको सो भुमिकालाई अवमुल्यन नगर्ने बताउनुभयो । मन्त्री पाण्डेले प्रदेश सरकारको तर्फबाट पुराना तथा नयाँ पत्रकारहरुलाई आवश्यकता अनुसारको पत्रकारिकताको तालिमको व्यवस्था गर्ने पनि बताउनुभयो ।
प्रदेश सरकारले पत्रकारितामा आउन चाहाने युवापुस्तालाई प्रोत्साहित गर्ने उहाँले बताउनुभयो । प्रदेश सरकारले ठुलो सञ्चारग्रामको कल्पना गरेको र त्यसको स्थापनाको निम्ति जग्गा प्राप्ति गर्न अघिल्लो वर्ष देखिनै लागिएको उहाँले जानकारी दिनुभयो ।
पत्रकारहरुलाई भ्रमणको व्यवस्था गरिदिएर सो क्षेत्रको सम्बन्धमा पर्यटन प्रवद्र्धन गर्ने हिसाबले डकुमेन्ट्री बनाएर सो डकुमेन्ट्री किनिदिने व्यवस्था मिलाइने पनि उहाँको भनाई छ । त्यस्तै कोभिड–१९ महामारीसँग सम्बन्धित रहेर पत्रकारहरुलाई फेलोसिप प्रदान गरिने मन्त्री पाण्डेले बताउनुभयो ।
पत्रकारहरुको हकमा संघीय सरकारले दिएको जति सुविधा प्रदेश सरकारले पनि दिनुपर्ने कुरामा आफु सहमत रहेको उहाँले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया