नुवाकोटका विवेक पाण्डे दोस्रो पटक सगरमाथाको चुचुरोमा

विदुर खबर २०७८ असार ३ गते २२:०८

 

Advertisement

नुवाकोट । नुवाकोटका विवेका पाण्डे सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका छन् ।

विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटार घर भएको पाण्डेले दोस्रो पटक सगरमाथाको चुचुरोमा पाईला टेकेका हुन ।

Advertisement

उनले आफुले अध्ययन गरेको त्रिभुवन त्रिशुली उच्च माविको झण्डा सगरमाथाको शिखरमा पुगेर फहराएका हुन् ।

पाण्डेले यसअघी पनि २०७५ जेठ ४ गते सगमाथाको सफल आरोहण गरेका थिए ।

Advertisement

पाण्डेले २०५१ सालमा त्रिभुवन त्रिशुली माविबाट एसएलसि दिएका थिए ।

प्रतिक्रिया