नुवाकोटमा एमाले र कांग्रेसका कार्यकर्तावीच झडप, एकजना घाइते

विदुर खबर २०७८ असार २ गते २२:१५

नुवाकोट । वडा कार्यालय राख्ने विषयमा विवाद हुदा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ गौरीवेशीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्तावीच कुटाकुट भएको छ ।

Advertisement

वडा कार्यालय कहाँ राख्ने विषयमा छलफल चलिरहेको अवस्थामा बैठकस्थलमै कुटाकुट । ढङ्गा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन् । एक्कासी दुई दलका कार्यकर्ता झडपमा उत्रिएपछि सुरक्षाका लागि खटिएको प्रहरीलाई घटना साम्य पार्ने धौधौ परेको थियो ।

झडपमा परि भट्ट गाउँका ईन्द्रवहादुर तामाङ सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनको नाकमा चोट लागेको बताइएको छ । झडपपछि भिडलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोट र सशस्त्र प्रहरी गुलम नम्बर १९ का सशस्त्र प्रहरी टोली परिचालन गरिएको थियो ।

Advertisement

झडपमा परि आफ्नो ९ जना कार्यकर्ता घाइते भएको नेपाली कांग्रेस वडा नम्बर १२ का वडा एकाई सभापति झंकनाथ भट्टले जानकारी दिए । उनले आफुहरुलाई बोलाएर वडाध्यक्ष सिताराम अर्यालले कुटपिटका लागि गुन्डा ल्याइएको आरोप लगाए । हामीलाई बैठक छ आउनुस् भनेर कोठाभित्र बोलाइयो, कोठाभित्र पसेपछि एक्कसी हामीभाथि ढुङ्गा हान्न थालियो भट्टले भने ।

यता वडाध्यक्ष सिताराम अर्यालले सर्वदलिय बैठक बोलाइएको अवस्थामा कांग्रेस नेताले युवाहरु बोलाएर हुलहुज्जत गर्दा झडप भएको बताएका छन् । उनले वडामा वसेर छलफल गरौ भनेर माओवादी र एमालेका प्रतिनिधि बोलाएको थिए तर
उनीहरुले अराजक गतिविधि गरेकोले झडपको अवस्था आएको बताए । वडाध्यक्ष अर्यालले वडा कार्यालय निर्माणका लागि टेन्डर आह्वान गर्दा केही नगर्ने तर डिपिसि भइसकेपछि वडा पाएक नपरेको भन्दै पर्ने सार्नुपर्ने माग गर्नु अनुपयुत्त रहेको बताए ।

                         गतसाता मात्र वडा कार्यालयको शिलान्यास गर्दे विदुर नगरपालिकाका मेयर र उपमेयर ।

Advertisement

वडाध्यक्ष अर्यालले वार्ता र छलफलको माध्यमबाट समस्या समाधान गर्नुको साटो कांग्रेसले घटनालाई लिएर राजनिति गरेको आरोप लगाए ।

यसअघि भट्टगाउँका स्थानियहरुले वडा कार्यालय सबैलाई पायक पर्ने ठाउँमा राख्नुपर्ने माग गर्दे वडा कार्यालय, विदुर नगरपालिका जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्ञापनपत्र बुझाएका थिए ।

यसअघि वडा कार्यालय निर्माणको लागि गतसाता मात्र गौरीवेशीमा शिलान्यास गरिएको थियो ।

प्रतिक्रिया