पन्चकन्यामा अनियमितता प्रकरण : कसरी भयो बृद्द भत्ता फ्रिज, को-को छन् जिम्मेवार ?

विदुर खबर २०७८ असार २ गते २१:२२

नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिकामा बृद्दभत्ता चोरीको बिषयलाई लिएर अहिले पनि अनुसन्धान जारी नै छ ।

Advertisement

गाउँपालिकाको वडा नम्बर २ बाट सामाजिक सुरक्षा भत्ताबापत भनेर झिकेको ५० लाख र वडा कार्यालयमा भएको ३ लाख रुपैयाँसमेत चैत २४ गते ५३ लाख चोरी भएको घटनापछी प्रहरीले ३ कर्मचारीलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो ।

उनीहरु तिनै जना धरौटीमा रिहा भएका थिए भने अदालतमा मुद्दा भने चलिरहेको छ । चोरीको घटना सेलाउन नपाउंदै फेरी वडा न.५ मा बृद्द भत्ताको चर्चा सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा सामाजिक सुरक्षा भत्ताबापत आएको रकम वितरण नगरी वडा अध्यक्षको निर्देशनमा वडा सचिबले आफ्नै खातामा राखेपछि उत्पन्न बिबाद गाउँपालिका हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ ।

Advertisement

अघिल्लो बर्षको दोश्रो र तेश्रो किस्ता गरेर करिव ११४ जनाको किस्ता रकम करिव १० लाख १२ हजार वितरण भएको थिएन । तर किस्ता वितरण नभएपनि भत्ता बुझेको भरपाई भने भैसकेको थियो । ति किस्ता लिन नआउनेहरु अधिकांश दुबै पटक दोहोरिएका छन् । अघिल्लो बर्ष बाढ्नुपर्ने भत्ता यो बर्ष समेत वितरण हुन नसकेपछि गाउँपालिकाले वडा सँग स्पष्टीकरण मागेको थियो ।

यो बिषयमा बिबाद बढ्न थालेपछि गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) ले अख्तियारमा वास्तविकता के हो सत्यतथ्य छानबिन गर्न आग्रह गरेपछि अहिले यो बिषयमा अख्तियारले छानबिन सुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता संघीय सरकारको बजेट अन्तर्गत रहेको छ भने स्थानीय सरकारको कार्यक्रम पनि होइन। तर संघीय सरकारले स्थानीय तह मार्फत सा.सु भत्ता बितरण गर्ने गरेको छ । सामाजिक सुरक्षा भत्तामा गाउपालिकाले नभई कोष तथा लेखा नियन्त्रक कार्यालयले बैङकिङ प्रणालीबाट भत्ता नदिएको स्थानीय तहमा भने सिधै वडा सचिवको खातामा पठाउने गर्छ ।

Advertisement

के भन्छन स्थानीय

यो बिषयमा स्थानीयहरु वडा अध्यक्ष र वडा सचिवको मिलेमत्तोमा भत्ता अनियमितता गरिएको बताउछन । कतिपय भत्ता कार्डमा उल्लेख गरिएको नाम समेत त्यो वडामा नै नभएको व्यक्ति भएको र कतिपय नाम नै नक्कली भेटिएको उनीहरुको आरोप छ ।

काठमाडौँमा बस्ने मानिस लिन नआएको वडाले बताएको भन्दै नाम नबताउने शर्तमा स्थानीयले  भने , त्यहाँ फेक नाममा भत्ता लिने र मिलेर पचाउने गरेको देखिन्छ । कोहि मानिस आफ्नो नाममा भएको भत्ता लिन आएको छैन भने बुझिलिएको भरपाई कसरी बनाइयो ? यो मिलि भगत लुट हो । यसबारे अख्तियारले पनि छानबिन सुरु गरेकाले सत्यतथ्य केहि समयमा नै बाहिर आउला,उनले भने ।

के भन्छन वडा सचिब

यस बिषयमा वडा सचिब ओमराज लामिछानेले आफु त्यस समय नयाँ भएकाले सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियाबारे राम्रो ज्ञान नभएको बताउछन । उनले आफुले भत्ता वितरण गर्दा वडा अध्यक्षलाई साथमा लिएर नै वितरण गर्ने गरेको बताउछन ।

दोश्रो र तेश्रो किस्ता गरेर करिव ११४ जना भत्ता लिन नआएकोले त्यो पैसा गाउँपालिकामा फिर्ता पठाउन खोज्दा आफुलाई वडा अध्यक्षले रोकेको उनले बताए । काठमाडौँमा बस्नेहरु पछि आउने बताएको भन्दै वडा अध्यक्षले उक्त रकम फिर्ता पठाउन नदिएको उनको भनाइ छ ।

उनले यसमा आफ्नो कुनै गलत नियत नभएको बताउदै यो बिषयमा मंसिरमा नै गाउँपालिकामा जानकारी गराएको बताए । अहिले उक्त रकम सरकारी कोषमा फिर्ता गरिएको उनले बताए । पहिले भत्ता वितरण कसरी गरिन्थ्यो त्यो आफुलाई जानकारी नभएको तथा वितरण बाकि रहेको बारे कसैले जानकारी नदिएको उनको भनाइ थियो ।

के भन्छन वडा अध्यक्ष

सामाजिक सुरक्षा भत्ता वितरण किन नभएको हो त्यो बारे आफुले पछिमात्र थाहा पाएको वडा अध्यक्ष डिल्लीबहादुर थापा बताउछन । उनले अधिल्लो बर्षको दोश्रो र तेश्रो किस्ता वितरण नभएको बारे आफुलाई जानकारी नभएको भन्दै पन्छिन खोजेका थिए । वडा सचिवका अनुसार तर बृद्द भत्ता वितरण गर्दा उनी आफै खटिने गरेका थिए ।

प्रतिक्रिया