असार २५ गतेभित्र कर बुझाउन आन्तरिक राजस्व विभागले सूचना निकाल्याे

विदुर खबर २०७८ असार २ गते १८:१४

नुवाकोट । आन्तरिक राजस्व विभागले असार २५ गतेभित्र कर विवरण बुझाउन सूचना जारी गरेको छ ।

Advertisement

विभागले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञा अवधिपछिको कर असार २५ गतेभित्र बुझाउन निर्देशन दिएकाे हाे ।

सूचना अनुसार २०७७ चैत्र र २०७८ बैशाख महिनाकाे   मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षासेवा शुल्क, टेलिफोन सेवा शुल्क र दूरसञ्चार सेवा शुल्क असार २५ गतेभित्र बुझाउन भनिएकाे छ ।

Advertisement

 

प्रतिक्रिया