कोरोना प्रभावित उद्यम उद्धारमा ध्यान देऊ : विवेकशील साझा पार्टी
विदुर खबर
२०७८ असार २ गते १७:३९
नुवाकोट । सङ्घीय सरकारको बजेट तथा प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्धारका लागि कुनै कदम नचालिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
सङ्घीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित कार्यक्रमको यथाशीघ्र कार्यान्वयनसँगै, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई पनि उद्यमीहरूको स्थिति अध्ययन गर्न र तत्अनुरूपका कार्यक्रम ल्याउन अनुरोध गर्दछौँ।
बन्दाबन्दीको समयमा सम्पूर्ण साना-मझौला उद्योग तथा उद्यमीहरूका लागि समेत विशेष परियोजना र राहत प्याकेज ल्याउन जोडदार अपिल गर्दछौँ।
यस्ता सहायता परियोजना ल्याउँदा व्यवसाय नवीकरणमा छुट, बैङ्क ऋण तिर्ने समय थप तथा ऋण मोचन, नव उद्यमीहरूलाई न्यून ब्याजदरमा ऋण प्रदान लगायतका विषय समेट्न जरुरी छ ।
पूर्ण क्षति व्यहोरेका कतिपय नव-उद्यमीहरूलाई तिनै तहका सरकारको समन्वयमा संरक्षणको नीति र कार्यक्रम लिएर आउन हामी विनम्र अनुरोध गर्दछौँ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया