यशोदादेवी भगबान सिंह मेमोरियल ट्रष्टद्वारा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री वितरण
नुवाकोट । यशोदादेवी भगबान सिंह मेमोरियल ट्रष्टले नुवाकोटको विभिन्न स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
नुवाकोटमा यशोदादेवी भगवान सिंह मेमोरियल ट्रष्टद्वारा ११ र एनएमएफ यु एसबाट २ गरि १३ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । जिल्लाको ११ वटा स्वास्थ्य संस्थालाई ट्रष्ट आफैँले स्वास्थ्य सामाग्री वितरण गरेको हो भने दुईवटा स्वास्थ्य संस्थालाई एएनएमएफ यु एस मार्फत संकलन भएको स्वास्थ्यसामग्रीहरु वितरण गरेको ट्रष्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले जानकारी दिए ।
गत जेठ ३१ गते सोमबार यशाेदादेवी भगबानसिंह केसी मेमाेरियल ट्रष्ट मार्फत नेपाल चिकित्सक संघ, DM founfation द्वारा प्राप्त अक्सिजन कन्सनट्रेटर , ट्रष्टद्वारा मास्क स्यानिटाईजर तथा अन्य स्वास्थ सामाग्री वितरण वितरण गरेको छ ।
यशोदादेवी भगबान सिंह मेमोरियल ट्रष्टले कोरोना भाइरस कोभिड-१९ सङ्क्रमणको दोस्रो भेरियन्ट सुरु भएपछि नुवाकोटमा हालसम्म २३ थान अक्सिजन कन्सनट्रेटर, ३५ हजार थान माक्स, ७ सय ५० थान N 95 ,५० थान PPE, ५० लिटर स्यानिटाइजर , फेस सिल्ड, 15 थान अक्सिजन सिलिन्डर र स्वास्थ सामाग्रिहरु वितरण गरिसकेको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलन तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा ट्रष्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी, अध्यक्ष डा. केदारनरसिंह केसी महासचिव जगदिश्वरनरसिंह के सी र नेपाली काँग्रेस नुवाकाेटका सचिवद्वय सुरेन्द्र अधिकारी, शिव दाहाल नुवाकोट जिल्ला समन्वय समिति प्रमुख सन्तमान तमाङ, उपप्रमुख अप्सरा थापा, सुर्यगढी गाउँपालिका अध्यक्ष सन्त बहादुर घले, दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तमाङ, लगायत प्रतिनिधिहरू तथा पत्रकारहरूकाे उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट





प्रतिक्रिया