यशोदादेवी भगबान सिंह मेमोरियल ट्रष्टद्वारा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री वितरण

विदुर खबर २०७८ असार १ गते १२:५७

नुवाकोट । यशोदादेवी भगबान सिंह मेमोरियल ट्रष्टले नुवाकोटको विभिन्न स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

Advertisement

 

नुवाकोटमा यशोदादेवी भगवान सिंह मेमोरियल ट्रष्टद्वारा ११ र एनएमएफ यु एसबाट २ गरि १३ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो । जिल्लाको ११ वटा स्वास्थ्य संस्थालाई ट्रष्ट आफैँले स्वास्थ्य सामाग्री वितरण गरेको हो भने दुईवटा स्वास्थ्य संस्थालाई एएनएमएफ यु एस मार्फत संकलन भएको स्वास्थ्यसामग्रीहरु वितरण गरेको ट्रष्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले जानकारी दिए ।

Advertisement

गत जेठ ३१ गते सोमबार यशाेदादेवी भगबानसिंह केसी मेमाेरियल ट्रष्ट मार्फत नेपाल चिकित्सक संघ, DM founfation द्वारा प्राप्त अक्सिजन कन्सनट्रेटर , ट्रष्टद्वारा मास्क स्यानिटाईजर तथा अन्य स्वास्थ सामाग्री वितरण वितरण गरेको छ ।

यशोदादेवी भगबान सिंह मेमोरियल ट्रष्टले कोरोना भाइरस कोभिड-१९ सङ्क्रमणको दोस्रो भेरियन्ट सुरु भएपछि नुवाकोटमा हालसम्म २३ थान अक्सिजन कन्सनट्रेटर, ३५ हजार थान माक्स, ७ सय ५० थान N 95 ,५० थान PPE, ५० लिटर स्यानिटाइजर , फेस सिल्ड, 15 थान अक्सिजन सिलिन्डर र स्वास्थ सामाग्रिहरु वितरण गरिसकेको छ ।

Advertisement

सोमबार आयोजित पत्रकार सम्मेलन तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा ट्रष्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी, अध्यक्ष डा. केदारनरसिंह केसी महासचिव जगदिश्वरनरसिंह के सी र नेपाली काँग्रेस नुवाकाेटका सचिवद्वय सुरेन्द्र अधिकारी, शिव दाहाल नुवाकोट जिल्ला समन्वय समिति प्रमुख सन्तमान तमाङ, उपप्रमुख अप्सरा थापा, सुर्यगढी गाउँपालिका अध्यक्ष सन्त बहादुर घले, दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तमाङ, लगायत प्रतिनिधिहरू तथा पत्रकारहरूकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया