नुवाकोटमा उकालो लाग्दै कोरोनाको ग्राफ
नुवाकोट । नुवाकोटमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको ग्राफ बढ्दै गएको छ।
स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकअनुसार जेष्ठ महिनामा २ हजार ६२१ नयाँ सङ्क्रमित थपिएको छ भने २ हजार ३८ जना निको भएका छन् । यस्तै सङ्क्रमित हुनेमा पुरुष १ हजार ५९० जना र महिला १ हजार ५० जना सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। १२६ जनाको नमूना पीसीआर र ५० को एन्टिजेन परीक्षणमा ५० पुरुष र २७ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले बताए।
कार्यालयकाअनुसार सक्रिय संक्रमितको संख्या १ हजार १८६ पुगेको छ। जिल्लाभरका अस्पतालमा ४९, स्थानीय तहले निर्माण गरेको क्वारिन्टिनमा ८० जना र १ हजार ५० जना होम आईसोलेसनमा रहेका छन् ।
सोमबारको तथ्यांकअनुसार थप सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका १६, दुप्चेश्वर गाउँपालिकाका ३२, लिखु १५, शिवपुरी १३ र ककनी गाउँपालिकाका १ जना रहेका छन् । योसँगै नुवाकोटमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या ४ हजार ५५० पुगेको छ ।
हाल विदुर नपाका २५४, बेलकोटगढीका १०७, ककनीका ७८, सुर्यगढ़ीका ११४, लिखुका ७०, शिवपुरीका ४३, पन्चकन्याका ३६, दुप्चेश्वरका १००, तादीका ७६, किस्पाङका ६०, म्यागङका ४२ र तारकेश्वरका २०६ जना होम आईसोलेसनमा उपचारत रहेका छन् ।
पछिल्लो २४ घण्टामा ७४ जना डिस्चार्ज भएका छन् । योसंगै नुवाकोटमा कोरोना सङ्क्रमणबाट ३ हजार ३३२ जना निको भएका छन् ।
हाल जिल्लामा ४११ क्वारेन्टाइन बेड रहेको छ। यस्तै जिल्लामा कोरोनाभाइरसको सङ्क्रमणबाट ३२ जनाको मृत्यु भएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया