नुवाकोटमा सक्रिय कोरोना संक्रमित बढे

विदुर खबर २०७८ जेठ २९ गते २१:४८

नुवाकोट । नुवाकोटमा पछिल्लो एकसाता यता पुन कोरोनाका सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ ।

Advertisement

गतसाता ९ सयमा सक्रिय कोरोना संक्रमितको संख्या पुगेपटि यो साता बढेर ११ सय को आँकडा पार गरेको हो ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ८६ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ११ सय ५७ पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा २ सय एक जनाको पिसिआर परिक्षण गर्दा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ८१ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ५१ जना विदुर नगरपालिकाका, १६ जना तादी गाउँपालिकाका र ७ जना लिखु गाउँपालिकाका रहेका छन् ।

यस्तै म्यागङ र बेलकोटगढी नगरपालिकामा समान ५÷५ जना कोरोना संक्रमित थपिँदा ककनी र किस्पाङ गाउँपालिकामा एक÷एक जना कोरोना संक्रमित थपिएका हुन् ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ५५ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका हुन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ३ हजार एकसय ९३ पुगेको छ ।

corona deadपछिल्लो २४ घण्टामा जिल्लामा २ जना कोरोना संक्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

नुवाकोटमा हालसम्म १७ हजार ७ सय ६५ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया