एक महिलाबाट एकैपटक जन्मिए १० सन्तान
नुवाकोट । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना बच्चा जन्माउनुभएको छ ।
गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिनुभएको बीबीसीले जनाएको छ । यसअघि गर्भको भिडियो एक्सरे गर्दा आठ वटा बच्चा देखिएकोमा १० जना बच्चा जन्मिएका हुन् ।
गर्भवती भएको २९ हप्तामा शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएको र उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ३७ वर्षकी सिथोले ६ वर्षअघि जुम्ल्याहा बच्चा जन्माउनुभएको थियो ।
प्रायः सन्तान उत्पादनसम्बन्धी उपचार गराएका व्यक्तिले बच्चा जन्माउँदा एकैपटक धेरै बच्चा जन्मने घटना हुने गरेकोमा सिथोले भने प्राकृतिक रुपमै गर्भधारण गर्नुभएको बताइएको छ ।
एकै पटक सर्वाधिक बच्चा जन्मिएको यो नयाँ कीर्तिमान हुन सक्ने र यस विषयमा अनुसन्धान गरिरहेको गिनिज वर्ल्ड रेकर्डले बताएको बीबीसीले जनाएको छ । यसअघि सन् २००९ मा अमेरिकामा एउटी महिलाले एकै पटकमा आठवटा बच्चा जन्माउनुभएको थियो ।
एकै पटक धेरै बच्चा जन्माएर बाँच्न सफल व्यक्तिको गिनिज वर्ल्ड रेकर्ड अहिले उहाँको नाममा रहेको छ । यसअघि एकै पटकमा नौ जना बच्चा जन्मिएका दुईवटा घटना अभिलेखमा छन् ।
तर तीमध्ये कुनै पनि बच्चा केही दिनभन्दा बढी बाँच्न सकेनन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया