एमालेमा तीन गुट सक्रिय : ईश्वर पोखरेलको नयाँ समीकरण
नुवाकोट । आइतबार बसेको माधव नेपाल पक्षको बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको चालबाजीपूर्ण भ्रममा नपर्न कार्यकर्तालाई अपिल गरेको छ।
प्रधानमन्त्री ओलीले संकट बेला वार्ताको कार्ड फ्याक्ने र सुरक्षीत बन्नेभित्री चालबाजीलाई महसुश गरेको यो पक्षले अब उपरान्त लिखित रुपमै विश्वसनीय आधार नबनेसम्म वार्ता नगर्ने निष्कर्ष निकाल्दै १० बुँदे प्रस्ताव पारित गरेको छ।
संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले फैसला नआएसम्म एमालेभित्र संघर्ष गर्ने वा वैकल्पिक पार्टी बनाएर अघि बढ्ने भन्नेमा माधव पक्षले निर्णय लिन नसक्दा एमालेको भावी दिशा नै अन्योलमा छ।प्रधानमन्त्री ओली संसद् पुनःस्थापना भए माधव पक्षलाई गरिएका कारबाही फिर्ता गर्ने र फकाएर आफू नै प्रधानमन्त्री हुने दाउमा छन्। यसकै लागि उनले स्पष्टिकरण सोधिएका थपलाई कारबाही गरेका छैनन्।
तर माधव पक्षबाहेक पार्टीका महासचिव ईश्वर पोखरेलसमेत ओलीप्रति असन्तुष्ट बन्दै गएकाले एमालेभित्र थप संकट पर्ने देखिन्छ। महासचिव ईश्वर पोखरेलको नयाँ समीकरण बन्ने सम्भावना देखिएको छ। ओली नेतृत्वको सरकार गठन भएदेखि नै उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहेका पोखरेललाई शुक्रबार पदमुक्त गरियो।सरकारमा हुँदा रक्षा मन्त्रालयसमेत खोसेर उपप्रधानमन्त्रीमा मात्रै सीमित राखेर वेवास्ता गरिएका पोखरेललाई तत्कालिन नेकपामा समेत ओलीले उपेक्षा नै गरेका थिए।
एमालेका निर्वाचित महासचिवलाई पन्छाएर विष्णु पौडेललाई जिम्मेवारी दिएपछि पोखरेलमा कुण्ठा पैदा भएको तथ्य मन्त्रीबाट मुक्त भएपछि आइतबार सार्वजनिक गरेको उनको भनाईमा प्रष्ट झल्किएको छ।एमालेको महासचिवमा फर्किसकेपछि पनि माइन्युट लेख्ने उनको जिम्मेवारी खोसेर ओलीले आफ्ना मुख्य सल्लाहकार विष्णु रिमाल र सचिव प्रदीप ज्ञवालीलाई दिएका थिए। यसरी पद पाएर पनि गुमराहमा रहेका पोखरेल ओलीबाट टाँढीदै गएकाले एमालेको समीकरणमा फरक ढंगले प्रस्तुत हुने संकेत देखिन थालेको छ। किनकी यसअघि पनि पोखरेल एमाले एकताको पक्षमा उभिएका थिएनन्।
एमाले विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले नचाँहदासम्म कुनै कोर्ष परिवर्तनको सम्भावना छैन। सत्तालिप्साको कठोरमा बाटोमा अघि बढेका ओली शक्ति बाँडफाँड गरेर माधव पक्षलाई फकाउन पनि चाँहदैनन्।त्यसैले एमाले विभाजन र एकताका लागि ओलीबाहेकको अर्काे शक्ति निर्णायक देखिदैन।नेकपा एमालेभित्र दुबै पक्ष थप कदमलाई लिएर अन्योलमा रहँदा विवाद लम्बिदै गएको छ। माधव पक्ष नयाँ पार्टी दर्ता गरेर अघि बढ्न सकेको छैन भने ओली माधव पक्षका मागमा सकारात्मक छैनन्। एमालेको विवादले पार्टी विभाजनको अन्तिम कसरतमा देखिन्छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया