नुवाकोटमा आज ६२ जना कोरोनामुत्त,६१ जना संक्रमित थपिए

विदुर खबर २०७८ जेठ २३ गते १६:१०

नुवाकोट । नुवाकोटमा आज ६२ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ६२ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका हुन् ।

यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या २ हजार ८ सय ८७ पुगेको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६१ जना कोरोना संक्रमित थपिएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय २३ जनाको पिसिआर परिक्षण हुँदा २ सय ६२ जनाको पिसिआर पोजेटिभ देखिएको हो । यस्तै जिल्लामा सक्रिय कारोना संक्रमितको संख्या ९ सय ४० पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा जिल्लाको बेलकोटगढी नगरपालिकाका १९ पुरुष र ७ महिलासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै विदुर नगरपालिकाका ८ पुरुष र ६ महिलासहित १४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै तारकेश्वर गाएपालिकामा ७ जना, ककनी गाउँपालिकामा ५ जना, पन्चकन्या गाउँपालिकामा ३ जना, सुर्यगढी र दुप्चेश्वर गाउँपालिकामा २ जना, लिखु र म्यागङ गाउँपालिकामा सामान एक÷एक जनामा कोरोना संक्रमण देखिएको कार्यालयको भनाइ रहेको छ ।

जिल्लामा रहेका सक्रिय कोरोना संक्रमितमध्ये ८ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै त्रिश्ुली अस्पतालमा ८० जना, आइसोलेसन सेन्टरमा २ सय ५२ जना, अस्पतालमा ३५ जना र आइसोलेसन सेन्टरमा ७१ जना रहेका छन् ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ ।

हालसम्म नुवाकोटमा १६ हजार २ सय ८३ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया