कोरोनाबाट २४ घण्टामा प्रदेश १ मा २२ जनाको मृत्यु
विदुर खबर
२०७८ जेठ २० गते ६:५५
नुवाकोट । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २२ जनाको मृत्यु भएको छ ।
प्रदेशका विभिन्न अस्पताल र आइशोलेसनमा पछिल्लो २४ घण्टाको अवधिमा २२ जना सङ्क्रमितकोे उपचारको क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मृत्यु हुनेमा नौ महिला र १३ पुरुष रहेका छन् ।
मोरङमा आठ जनाको मृत्यु भएको छ भने झापाका पाँच, सुनसरीका तीन, धनकुटाका दुई र उदयपुरमा एक जना तथा प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।
नोबेल शिक्षण अस्पताल विराटनगरमा ११ जना, कोशी कोभिड उपचार केन्द्र र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन/तीन, मेची कोभिड अस्पताल भद्रपुर र अन्य आइसोलेसनमा दुई÷दुई जना र होम आइसोलेनमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया