काेराेना संक्रमण र सिकाई

विदुर खबर २०७८ जेठ १९ गते २२:३६
पुरूषाेत्तम डाेटेल

काेराेना संक्रमण र सिकाई काेराेना संक्रमित भैसकेपछि केही दिन घरमा र नाै दिन सम्म त्रिशूली अस्पतालमा उपचारका क्रममा सिकेकाे र अनुभव गरेका केही पूर्व रक्षात्मक सिकाई र जानकारि जनहितकाे लागि लाभदायक हुने मैले ठानेकाे छु । जुन निम्न अनुसार छन् ।

Advertisement

१. RT-PCR Positive Report मा CT Value ३० भन्दा बढि भएमा संक्रमितबाट अरूलाई सर्ने सम्भावना कम हुन्छ तर संक्रमितलाई भने स्वास्थ्य जटिलताहरू अाउने सम्भावना भने कायमै रहन्छ । वेन्च मार्क ३५ र त्याे भन्दा माथिकाेलाई Negative मानिएकाे छ ।

२. PCR Positive Report मा CT Value ३० भन्दा कम भएमा संक्रमितले अरूलाई संक्रमित बनाउने उच्च जाेखिम हुन्छ ।

Advertisement

३. एक पटक काेराेनाबाट संक्रमित भैसकेपछि पुनः संक्रमित भैंदैन भन्ने भ्रम त्यागाैं । ४ पटक सम्म पनि संक्रमण भएका उदाहरणहरू छन् । यस कारण सधै स्वास्थ्यका मापदण्ड पालना गराैं ।

४. एक पटक संक्रमण भैसकेपछि त्यसले एन्टि बडि निर्माण गर्छ र अर्काे पटक संक्रमण हुँदैन भन्नूमा पनि पूर्ण सत्यता छैन किनकी खतरनाक भेरियन्टहरू अाईराखेका छन् ।

Advertisement

५. मनाेबल उच्च राख्न सके, स्वास्थ्य सावधानी अपनाउन सके, दिर्घ राेगहरू, उच्च रक्तचाप, निमाेनिया, किट्नि, कलेजाे, मुटु सम्बन्धि समस्याहरू, अत्याधिक धुम्रपान र मद्यपान गर्नेहरू र जाेखिम युक्त लक्षणहरू नदेखिएकाहरू निम्न कारणले गर्दा हाेम अाईसाेलेसनमै वस्न उचित हुन्छ:

क) अस्पतालमा मरेका लाशहरू देख्नुपर्दैन, रूवावासी सुन्नुपर्दैन, संक्रमितहरूका छटपटिलाई देख्नु नपर्ने हुँदा नकारात्मक साेच र मनाेबल गिर्ने माैका हुँदैन ।

ख) अस्पतालहरू अतिनै संवेदनशिल ठाउँ भएकाले संक्रमितलाई अन्य संक्रमणहरू पनि सर्ने/हुने सम्भावना बढि हुन्छ तर घरमा खासै हुँदैन ।

ग) अस्पतालबाट संक्रमण मुक्त भई घर अाउने क्रममा सावधानी अपनाउन नसके फेरि संक्रमण बाेकेरै फर्किने सम्भावना हुन्छ ।

घ) अाफ्नाे घरमा जस्ताे मनाेरन्जनका सामग्रीहरू, खानपानकाे उपलब्धता नहुन सक्छ ।

ङ) अाफ्नाे घरमै मिलाईएकाे अाेछ्यान, अाफ्नाे लगाउने लुगाकाे प्रर्याप्तता, सरसफाईका सामग्रिहरूका उपलब्धता, सरसफाईकाे प्रयाप्त माैका नमिल्न सक्छ ।

च) संक्रमण/ संक्रमितसँग अाफ्ना मान्छेहरू अस्पतालमा जान, त्यहा बस्न र सहयाेग गर्न डराउन सक्छन् । सुनिरहेका स्वरहरू, देखिरहेका मानिसहरूकाे अनुपस्थितिले हाेम सिक निम्त्याउन सक्छ । एक्लाेपना अाई मनाेबल डाउन गर्न सक्छ ।

छ) सरकारले मात्र १००% खर्च गर्न सम्भव छैन । संक्रमितकाे पनि केही खर्च त अवस्य हुन्छ । त्याे पैसाले घरमा बस्दा खुराक खान सकिन्छ या अन्य केहिमा खर्च गर्न सकिन्छ ।

६) बाहिरी हल्ला हाेईन अाफ्नै शरिरकाे अावजलाई सुन्नुपर्छ । शरिरका प्रत्येक अंग प्रत्याङ्ले भनिरहेका संकेतहरू बुझ्नुपर्छ । संक्रमणका साझा समस्या बाहेक शरीर र उसकाे अवस्था अनुसार संक्रमितमा लक्षणहरू थपघट वा फरक हुन सक्छन् ।

७) बाहिरी हल्लाले भनेका अैषधिहरू प्रयाेग गर्नु राम्राे हाेईन् । सबैलाई सबै अाैषधि चाहे हाेमियाेप्याथि हाेस् या त एल्लाेपेथिक सुट हुन्छ भन्ने छैन ।

८) Post covid मा पनि सावधानी अपनाउनु पर्छ ।

९) संक्रमण मुक्त भैसकेपछि पनि अस्पतालबाट घर जाँदा केही समय छुट्टै बस्नु राम्राे हुन्छ ।

१०) काेराेनाले फाेक्साे मात्र असर गर्छ भन्ने हाेईन, कलेजाे, मृगाैला, मुटु र अन्य अान्तरिक अंगहरू पनि ड्यामेज गर्छ । त्यसकारण स्वस्थ जीवन जिउन सके काेराेनाले मृत्युमा पुर्याउने जाेखिम न्यून हुन्छ । स्वास्थका मापदण्ड पालना गराैं, संक्रमण हुनै नदिअाैं, वाँचाै र वचाअाैं ।

पूर्व संक्रमित तथा समाजसेवि उत्तम पुरूष/ पुरूषाेत्तम डाेटेल त्रिशूली, नुवाकोट

प्रतिक्रिया