काेराेना संक्रमण र सिकाई

काेराेना संक्रमण र सिकाई काेराेना संक्रमित भैसकेपछि केही दिन घरमा र नाै दिन सम्म त्रिशूली अस्पतालमा उपचारका क्रममा सिकेकाे र अनुभव गरेका केही पूर्व रक्षात्मक सिकाई र जानकारि जनहितकाे लागि लाभदायक हुने मैले ठानेकाे छु । जुन निम्न अनुसार छन् ।
१. RT-PCR Positive Report मा CT Value ३० भन्दा बढि भएमा संक्रमितबाट अरूलाई सर्ने सम्भावना कम हुन्छ तर संक्रमितलाई भने स्वास्थ्य जटिलताहरू अाउने सम्भावना भने कायमै रहन्छ । वेन्च मार्क ३५ र त्याे भन्दा माथिकाेलाई Negative मानिएकाे छ ।
२. PCR Positive Report मा CT Value ३० भन्दा कम भएमा संक्रमितले अरूलाई संक्रमित बनाउने उच्च जाेखिम हुन्छ ।
३. एक पटक काेराेनाबाट संक्रमित भैसकेपछि पुनः संक्रमित भैंदैन भन्ने भ्रम त्यागाैं । ४ पटक सम्म पनि संक्रमण भएका उदाहरणहरू छन् । यस कारण सधै स्वास्थ्यका मापदण्ड पालना गराैं ।
४. एक पटक संक्रमण भैसकेपछि त्यसले एन्टि बडि निर्माण गर्छ र अर्काे पटक संक्रमण हुँदैन भन्नूमा पनि पूर्ण सत्यता छैन किनकी खतरनाक भेरियन्टहरू अाईराखेका छन् ।
५. मनाेबल उच्च राख्न सके, स्वास्थ्य सावधानी अपनाउन सके, दिर्घ राेगहरू, उच्च रक्तचाप, निमाेनिया, किट्नि, कलेजाे, मुटु सम्बन्धि समस्याहरू, अत्याधिक धुम्रपान र मद्यपान गर्नेहरू र जाेखिम युक्त लक्षणहरू नदेखिएकाहरू निम्न कारणले गर्दा हाेम अाईसाेलेसनमै वस्न उचित हुन्छ:
क) अस्पतालमा मरेका लाशहरू देख्नुपर्दैन, रूवावासी सुन्नुपर्दैन, संक्रमितहरूका छटपटिलाई देख्नु नपर्ने हुँदा नकारात्मक साेच र मनाेबल गिर्ने माैका हुँदैन ।
ख) अस्पतालहरू अतिनै संवेदनशिल ठाउँ भएकाले संक्रमितलाई अन्य संक्रमणहरू पनि सर्ने/हुने सम्भावना बढि हुन्छ तर घरमा खासै हुँदैन ।
ग) अस्पतालबाट संक्रमण मुक्त भई घर अाउने क्रममा सावधानी अपनाउन नसके फेरि संक्रमण बाेकेरै फर्किने सम्भावना हुन्छ ।
घ) अाफ्नाे घरमा जस्ताे मनाेरन्जनका सामग्रीहरू, खानपानकाे उपलब्धता नहुन सक्छ ।
ङ) अाफ्नाे घरमै मिलाईएकाे अाेछ्यान, अाफ्नाे लगाउने लुगाकाे प्रर्याप्तता, सरसफाईका सामग्रिहरूका उपलब्धता, सरसफाईकाे प्रयाप्त माैका नमिल्न सक्छ ।
च) संक्रमण/ संक्रमितसँग अाफ्ना मान्छेहरू अस्पतालमा जान, त्यहा बस्न र सहयाेग गर्न डराउन सक्छन् । सुनिरहेका स्वरहरू, देखिरहेका मानिसहरूकाे अनुपस्थितिले हाेम सिक निम्त्याउन सक्छ । एक्लाेपना अाई मनाेबल डाउन गर्न सक्छ ।
छ) सरकारले मात्र १००% खर्च गर्न सम्भव छैन । संक्रमितकाे पनि केही खर्च त अवस्य हुन्छ । त्याे पैसाले घरमा बस्दा खुराक खान सकिन्छ या अन्य केहिमा खर्च गर्न सकिन्छ ।
६) बाहिरी हल्ला हाेईन अाफ्नै शरिरकाे अावजलाई सुन्नुपर्छ । शरिरका प्रत्येक अंग प्रत्याङ्ले भनिरहेका संकेतहरू बुझ्नुपर्छ । संक्रमणका साझा समस्या बाहेक शरीर र उसकाे अवस्था अनुसार संक्रमितमा लक्षणहरू थपघट वा फरक हुन सक्छन् ।
७) बाहिरी हल्लाले भनेका अैषधिहरू प्रयाेग गर्नु राम्राे हाेईन् । सबैलाई सबै अाैषधि चाहे हाेमियाेप्याथि हाेस् या त एल्लाेपेथिक सुट हुन्छ भन्ने छैन ।
८) Post covid मा पनि सावधानी अपनाउनु पर्छ ।
९) संक्रमण मुक्त भैसकेपछि पनि अस्पतालबाट घर जाँदा केही समय छुट्टै बस्नु राम्राे हुन्छ ।
१०) काेराेनाले फाेक्साे मात्र असर गर्छ भन्ने हाेईन, कलेजाे, मृगाैला, मुटु र अन्य अान्तरिक अंगहरू पनि ड्यामेज गर्छ । त्यसकारण स्वस्थ जीवन जिउन सके काेराेनाले मृत्युमा पुर्याउने जाेखिम न्यून हुन्छ । स्वास्थका मापदण्ड पालना गराैं, संक्रमण हुनै नदिअाैं, वाँचाै र वचाअाैं ।
पूर्व संक्रमित तथा समाजसेवि उत्तम पुरूष/ पुरूषाेत्तम डाेटेल त्रिशूली, नुवाकोट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेट १ मा पार्टी प्रवेशको लहरले मैनाली अगाडि
नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने





प्रतिक्रिया