संगम सहकारीले दियो त्रिशुली अस्पताललाई आइसीयू बेड र मनिटर
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको संगम सहकारीले त्रिशुली अस्पताललाई आइसीयू बेड र मनिटर हस्तान्तरण गरेको छ ।
आईतवार सहकारीका पदाधिकारीहरुले अस्पतालका व्यवस्थापक रिकेस रानालाई दुई वटा आइसीयू बेड र मनिटर हस्तान्तरण गरेका हुन् । यस्तै, सहकारीको थप आर्थिक सहयोग र विदुर नगरपालिका–९ कोलेनी निवासी तथा ओकेयामा इन जापानका संयोजक नवराज बस्नेतद्वारा प्राप्त अर्को बेड र मनिटर विदुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शनि चित्रकार मार्फत अस्पतालका व्यवस्थापक रानालाई हस्तान्तरण गरेको छ ।
नवराज बस्नेतद्वारा प्राप्त आईसियु बेड र मनिटर हस्तान्तरण गर्दै विदुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शनि चित्रकार कोरोना भाइरसविरुद्ध लड्न सरकार मात्रै नभएर समाजका सबै अंगको उत्तिकै भूमिका रहने भएकोले सहकारी र सहकारीको समन्वयमा ओकेयामा इन जापानका संयोजक बस्नेतको सहयोगमा उक्त सामाग्री सहयोग गरिएको सहकारीका अध्यक्ष श्रेष्ठले बताए ।
हस्तान्तरण गरिएको आईसियु बेड र मनिटरको मूल्य करिब ३÷३ लाख रहेको सहकारीका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए । अस्पतालका व्यवस्थापक रानाका अनुसार हाल ६ आईसियु र ४ भेन्टिलेटर गरि १० बेड रहेकोमा अबदेखि कोभिड उपचारको लागि आईसियु बेड १२ पुगेको छ ।
सामाजिक उतरदायित्व बोध गरि यस प्रकारको सहयोगले नुवाकोट, रसुवा र धादिङको नागरिकले थप राहत पाउने सहकारीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया