नुवाकोटमा आज २ सय १० जना कोरोनामुत्त भएर घर फकिए
विदुर खबर
२०७८ जेठ १६ गते १३:२०

नुवाकोट । नुवाकोटमा आज २ सय १० जना कोरोनामुत्त भएर घर फकिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा २ सय १० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका हुन् ।
यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या २ हजार २ सय २४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ८१ पुगेको छ ।
नुवाकोटमा हालसम्म १४ हजार ३ सय ५ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया