ओली सरकारको आगामी पपुलिस्ट बजेट, निषेधाज्ञामा ५० प्रतिशत घरभाडा छुट

विदुर खबर २०७८ जेठ १६ गते १२:५३

नुवाकोट । ओली सरकारको आगामी बजेट पपुलिस्ट बनेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै लोकप्रिय कार्यक्रमहरु घोषणा गरेका छन् ।

Advertisement

सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञा समयअवधिभर ५० प्रतिशत भाडा छुट पाउने जानकारी दिए ।

त्यस्तै सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार रुपैयाँ पुर्‍याएकाे छ । अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याइएकाे र सम्बन्धित पालिकाले थप गरेर न्यूनतम १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहेका छन । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।
Advertisement

संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।त्यस्तै सरकारले वृद्धभत्ता चार हजार पुर्याएको छ। शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले वृद्धभत्ताका लागि एक खर्ब बजेट विनियोजन गरेका हुन्।

साथै दुई हजार रुपैयाँ बढाएर वृद्ध भत्ता चार हजार रुपैयाँ पुर्याइएको हो सरकारले वृद्धभत्तामा ३३ प्रतिशत बजेट वृद्धि गरेको हो।यस्तै, सरकारले सामाजिक सुरक्षा भत्ता पनि बढाएको छ। ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको छ।

Advertisement

आर्थिक वर्ष २०७८र७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको जानकारी दिए। यसका लागि १ खर्ब छुट्याएको उनले जानकारी दिए। हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ। वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो।

प्रतिक्रिया