गेर्खुमा कोरोना संक्रमितको संख्या ४१ पुग्यो
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा कोरोना संक्रमितको संख्या ४१ पगुेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जेठ १५ गतेसम्म गेर्खुमा कोरोना संक्रमितको संख्या ४१ पुगेको हो । विदुर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीकाका अनुसार कोरोनाभाइरस महामारीको दोस्रो लहर (भेरियन्ट) यता चैत्र २४ गतेदेखिको तथ्यांकअनुसार नगरका १३ वटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ ।
उनका अनुसार दोस्रो भेरियन्टयता जेठ १३ गतेसम्म नगरका सबै वडामा ६ सय ५६ जना सङ्क्रमित भएका छन् । सबैभन्दा बढी वडा नम्बर दुईमा १०५ जना सङ्क्रमित भएका छन् भने सबैभन्दा कम वडा नम्बर ६ मा २१ जना सङ्क्रमित भएको छन् । कोरोनाभाइरस महामारीको पहिलो लहरमा विदुर नगरका ७८८ जना सङ्क्रमित भएको तथ्यांक छ ।
तथ्यांकअनुसार विदुर नगरपालिकाको वडा नम्बर १ मा ३२ जना, वडा नम्बर ३ मा ३२ जना, वडा नम्बर ४ मा ९९ जना, वडा नम्बर ५ मा २६ जना सङ्क्रमित भएका छन् । यस्तै, वडा नम्बर ७ मा ४४ जना, वडा नम्बर ८ मा ३८ जना, वडा नम्बर ९ मा ९३ जना, वडा नम्बर १० मा ६३ जना, वडा नम्बर ११ मा ४१ जना, वडा नम्बर १२ मा ३७ जना र वडा नम्बर १३ मा २५ जना सङ्क्रमित भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया