नुवाकोटमा कोरोना संक्रमणबाट एक शिक्षिकाको मृत्यु
नुवाकोट । कोरोना संक्रमणबाट नुवाकोटमा एक शिक्षिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्यागङ गाउँपालिका वडा नम्बर ३ देउराली माविकी शिक्षिका पत्नुकुमारी थोकर रहेको बताइएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि केही दिन पहिले त्रिशुली अस्पतालमा भर्ना भएकी उनको आज अस्पतालमा मृत्यु भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
सुर्यगढीमा थप ३३ जनामा कोरोना पुष्टि
नुवाकोटको सुर्यगढी गाउँपालिकाका थप ३३ जनामा कोरोना संक्रमण पसष्टि भएको छ ।
त्रिशुली अस्पतालमा गरिएको पिसिआर परिक्षण्मा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाकारी दिएको छ । यससँगै सुर्यगढी गाउँपालिकामा कोरोना संक्रमितको संख्या २ सय २ पुगेको छ ।
संक्रमितमध्ये ८९ जना होम आइसोलेसनमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । सुर्यगढी गाउँपालिकामा अहिलेसम्म ७ सय ७२ जनाको पिसिआर परिक्षण गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
अस्पतालमा आज गाउँपालिकाका ९४ जनाको पिसिआर परिक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण देखिएको हो भने ६१ जनाको पिसिआर रिर्पाेट नेगेटिभ आएको हो ।
यस्तै अस्पतालमा आजै जिल्लाका थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार ४८ जनाको पिसिआर परिक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया