विवेकशील साझा पार्टीका नेता थापा भ्यान्टिलेटरमा
नुवाकोट । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य स्थिति जटिल बनेपछि भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । पार्टीका संयोजक मिलन पाण्डेका अनुसार ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो । शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा लगिँदैछ ।
थापाका साथी एवं ग्राण्डीका डा. विष्णु दवाडी भन्छन्, ‘उहाँको थप उपचार इक्मो प्रविधिबाट गर्नुपर्ने भयो, यो मेडिसिटीमा मात्र भएकाले रेफर गरिएको हो । यो जटिल अवस्थामा गरिन्छ ।’
‘इक्मोको उपचारका लागि २५÷३० लाख लाग्ने डाक्टरले बताउनु भएको छ’ पाण्डेले भने, ‘परिवारले आर्थिक तनाव लिनु नपरोस् भने साथीहरु मिलेर आर्थिक सहयोगको आह्वान गरेका हौं ।’
थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए । नयाँ पुस्तालाई अगाडि सार्ने भन्दै उनी चुनावमा उठेनन् । त्यसपछि मिलन पाण्डे अध्यक्ष बनेका थिए ।
पाण्डे अध्यक्ष भएकै बेला रविन्द्र मिश्रको साझा पार्टीसँग एकता भयो । एकतापछि फेरि विवेकशील साझा पार्टी बन्दा उनी पदाधिकारीमा बसेनन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा कुष्ठराेगका एक बिरामी थपिए
नुवाकाेट देशभरमै दाेस्राे बन्याे
पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा 





प्रतिक्रिया