नुवाकोटमा कोभिड-१९ अध्यादेश जारी, पालना नगरे १ बर्ष कैद र ५ लाखसम्म जरिवाना हुने

विदुर खबर २०७८ जेठ १४ गते ७:४४
CDO Office nuwakot

नुवाकोट ।  महामारीको रुपमा रहेको कोभिड -१९ को संक्रमण नेपालमा र नुवाकोटमा तीव्र रुपमा बढ्दै गएको सन्दर्भमा सो को रोकथाम नियन्त्रण , निदान र उपचार सम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रुपमा संचालन गर्नका लागि तत्काल कानुनी व्यवस्थाको रूपमा जारी कोभिड -१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश , २०७८ को प्रावधान तत्काल कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारी गरेको छ।

Advertisement

अध्यादेशको पुर्ण अंश यसप्रकार रहेको छ :-

( १ ) कसैले अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने गरेमा एक वर्षसमम्म कैद वा पाँचलाख रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
( २ ) अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने , पालना नगरेमा ६ महिनासम्म कैद वा ३ लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
( ३ ) अध्यादेश बमोजिम दिएको आदेश पालना गर्नुपर्ने , कुनै व्यक्तिले उक्त आदेश उल्लंघन गरेमा एक लाख रुपैयासम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयासम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुन सक्नेछ ।
( ४ ) मास्क नलगाई सार्वजनिक स्थलमा आवातजावत गरेमा पटकैपिच्छे एक सय रुपैया , मानिसको आवातजावत रोक लगाएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लंघन गरेमा पटकैपिच्छे दुईसय रुपैया , सवारी साधनको आवातजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमतिविना वा सुरक्षाकर्मीलाई सूचना नदिई बा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे दुई पांग्रे सवारीसाधन भए दुई हजार रुपैया र अन्य सवारी साधन भएमा पाँच हजार रुपैया तत्कालै सुरक्षाकर्मीले जरीवाना गर्न सक्नेछ । त्यस प्रकारको सवारीसाधन सुरक्षाकर्मीले निथित समयसम्म नियन्त्रणमा लिन सक्नेछ ।
( ५ ) अध्यादेश विपरितको काम गर्ने संस्था वा व्यवयायलाई माथि उल्लेख भएको सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मको लागि बन्द गर्न आदेश दिन सक्नेछ ।
( बेद प्रसाद अर्याल सहायक प्रमुख जिल्ला अधिकारी)

Advertisement

प्रतिक्रिया