५० प्रतिशत घरभाडा मिनाहा ! भाडा नदिएको भन्दै किचकिच गरे कारबाही

विदुर खबर २०७८ जेठ १३ गते २१:११

घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका लागि लिइएको घर तथा त्यहाँ ज्याला मजदुरी गरी दैनिक जीवन गुजारा गर्ने, विद्यार्थी तथा निम्न आय भएका डेरावालहरु सं’कटमा परेको भन्दै घरभाडामा छुट दिन माग गरेका हुन्।

असक्षमहरुका लागि बन्दाबन्दी अवधिभरको ५० प्रतिशत बहाल मिनाहा गर्न, बहाल भुक्तानी लिँदा दिँदा सरल किस्ताबन्दीमा भुक्तानी दिने व्यवस्था गर्न र विपत सामना पछि २५ प्रतिशत बहाल दर घटाइ बहाल सम्झौताको व्यवस्था गर्न तिनै तहका सरकारसँग आग्रह गरेका छन् ।
Advertisement

साथै उनले अहिलको को’रोना सं’कटको बेलामा घर जग्गा बहाल मिनाहा गर्ने र राहत दिने घरधनीलाई उच्चसम्मान, अभिनन्दन गर्न पनि माग गरेका छन् ।साथै घरबहाल सरोकार महासंघले कोरोना सं’कटका बेला घरबेटीले डेरामा बस्नेमाथि गलत व्यवहार गरेको भन्दै आपत्ति समेतजनाएको छ ।

महासंघले विपतको बेला गलत व्य’वहार गर्ने घरबेटीलाई का’रवाही गर्न सरकारसँग माग पनि गरेको छ ।विज्ञप्तिमा महासंघका अध्यक्षले खनालले भनेका छन्–‘बहाल नदिएको निहुँ झिकी घरबाट निकाल्ने, ज’व’र’ज’स्ती बहाल बुझाउन बा’ध्य पार्ने, बहाल बृद्धि गर्ने, सुविधा बन्द गर्ने,

पेश्की रकम माग गर्ने, ज’ब’र’ज’स्त बन्द गर्न बा’ध्य पार्ने जस्ता विवे’कहीन र मानवीय सं’वेदनहीनतको कार्यहरु सिमित घरधनीबाट भएकोले सो प्रति महासंघको ग’म्भिर ध्यानाकर्षण भएको छ ।’साथै राष्ट्रिय घरजग्गा बहाल क्षेत्र संरक्षण कानुन बनाउन, वैज्ञानिक भाडादर निर्धारण गर्न पनि सरकारसँग माग गरिएको छ ।

Advertisement

प्रतिक्रिया