म्यागङ गाउँपालिकाको सामारी ५ दिन शिल
विदुर खबर
२०७८ जेठ १२ गते १९:४२

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ५ का एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै सामारी ५ दिन शिल गरिएको छ ।
म्यागङ गाउँपालिका वडा नं ५ अन्तर्गतको सामरी भञ्ज्याङ बजार वरिपरि फैलिएको कोरोना संक्रमणका कारण एक ५० बर्षिय पुरुषको मृत्युपछि गाउँ शिल गर्ने निर्णय गरेको वडाअध्यक्ष रामबहादुर तामाङ जानकारी दिए ।
बुधवार बसेको सर्वदलिय बैठकले जेठ १२ गते बुधबार बिहानदेखि लागू हुने गरि यहि जेठ १६ गतेसम्मका लागि बजार सिल गर्ने निर्णय गरेको हो ।
पुर्वमा प्रहरी चौकी, पश्चिममा लप्सिबोट र चर्च, उत्तरमा गुम्बा डाँडा र दक्षिणमा खानेपानीको ट्याङ्की भित्रको भु–भाग सिल गरिएको छ ।
अत्यावश्यक बाहेकका बैंक बितिय संस्था, खाद्यान्न ,भाडाका गाडी ,निर्माण सामग्रीका गाडी लगायत मोटरसाइकल चल्न र खोल्नमा पुर्णतः प्रतिबन्ध लगाईएको छ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया