७ वर्षमा बल्ल बन्यो त्रिशुली नदीमा पक्की पुल, सञ्चालनमा नआउँदा अझै सास्ती
नुवाकोट । नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकाबासीले हैरानी एवम् सास्ती झेल्नु परेको छ ।
सडक विभागले धादिङ् तर्फका फोस्रेटारमा करिब १५ मिटरको एप्रोज सडककको ट्र्याक हालसम्म खुलाउन नसक्दा सो नगरपालिबासी तथा नुवाकोटका तारकेश्र गाउँपालिकाका (तारुका) का बासिन्दाले अकालमा ज्यान समेत गुमाएका छन् ।
सो पुल धादिङको गल्छि गाउँपालिका–१ र नुवाकोटको बेलकोटगढी नगरपालिका –५ मा पर्छ । सडक डिभिजन कार्यालय भरतपुरद्वारा यही जेठ ७ गते जारी पत्रअनुसार फोस्रेटार तर्फका केही सीमित व्यक्तिका अनावश्यक अबरोध, असहयोग, विवादका कारण ट्र्याक खोल्न नसकिएको हो ।
ती दुई जिल्लाको सामाजिक तथा आर्थिक विकास एवम् रणनीतिक दृष्टिकोणले उक्त पुल महत्वपूर्ण मानिएको छ । केउरिनी– फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी सडकमा अवस्थित सो पुलको लम्बाइ १२० र चौडाइ १६ मीटर छ ।
निर्माण सम्पन्न भएको तीन महिना पुग्दा पनि पुल सञ्चालनमा नल्याइएकामा आपत्ति जनाउँदै छिटो विवाद टुङ्ग्याउन दबाब दिन नीलकण्ठ ५ का युवाले ‘पुल सञ्चालन अभियान’ नै शुरुआत गरेका छन् ।
पूर्व सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति, नीलकण्ठ नगरपालिका, गल्छि गाउँपालिका र विभागलाई छिटो भन्दा छिटो पुल सञ्चालनमा ल्याउन अभियाकर्मीले माग गरेका छन् । एप्रोज सडककको ट्र्याक खोल्ने विषयमा छिटो अध्ययन गरी ती सडकमा पर्ने जग्गाको मुआब्जा दिन आवश्यक परेमा मुआब्जा दिन र छिटो विवाद अन्त्य गर्न समेत अभियानकर्मी ती निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
कार्यालयका इञ्जिनियर कृष्णबहादुर खड्काले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय धादिङ,नीलकण्ठ नगरपालिका र गल्छि गाउँपालिकालाई एप्रोज सडककको ट्र्याक खुलाउन आवश्यक सहयोग र सहजीकरण गर्न पत्राचार गरिएको जानकारी दिए । उनले ती निकायबाट आवश्यक सहयोग र सहजीकरण गरिदिएमा छिटो भन्दा छिटो एप्रोज सडककको ट्र्याक खुलाइ पुल सञ्चालनमा आउने जानकारी दिए।
पुल बन्न ७ वर्ष लाग्यो
चरवर्षमा बन्नुपर्ने पुल सातवर्षमा बल्ल सम्पन्न भएको थियो । २०७१ सालमा सडक विभाग र सपना हिम्डुङ एण्ड थोकर तथा नागार्जुन कन्सट्रक्सन जेभी कम्पनीका बीचमा ठेक्का सम्झौता भएको थियो ।
१९२ मिटर लामो पुलको निर्माण गर्न करिव सात वर्ष लागेको थियो । सो पुल सञ्चालनमा आएमा गल्छीदेखि केउरिनी– फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी पुग्न १० किलोमिटर बाटो छोटो हुने बताइएको छ ।
साथै नुवाकोटको तारुका जान समेत पनि सो बाटो सहज हुन्छ । एक अभियानकर्मी भन्छन्,’पुल सञ्चालन गर्न हामीले धेरै कोसिस गर्यौं । अनुनय विनय गर्यौं । पक्कि पुल भनेर के गर्नु ? उपयोग गर्न नपाएपछि । बिरामीलाई अस्पताल पुर्याउन नसक्दा ज्यान गुमाउनु परेको छ ।’
सो ठेकेदार कम्पनीले नुवाकोटतर्फको ३०० मिटर सडक कालोपत्रे गरिसकेको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले बाटो खुलाउन प्रयास भइरहेको जानकारी दिए । उनले भने, ‘जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको समस्यालाई समाधान गर्न पहल भइरहेको छ । समाधान निस्कन्छ । अगामी दिनमा केउरिनी– फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी सडकको स्तरोन्नतीमा थप बजेट निकासा गर्ने योजना छ । ‘
फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी सडकको ट्र्याक खुलाउन शुरुआतका समयमा रोडबोर्ड नेपालले आर्थिक सहयोग गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया