शिवपुरीको आकर्षक गोकुलधुप झर्ना पुग्ने पदमार्ग निर्माण गरिने

शिवपुरी । थानापतीको काँखमा रहेको घट्टेखोलाको गोकुल धुप झर्नामा स्थानीयहरुको आकर्षणको केन्द्र बन्दै गएपछि शिवपुरी आठ वडा कार्यालयले यहाँसम्म पुग्ने पदमार्ग तथा पिकनिक स्पोटर्स निर्माण गर्ने भएको छ ।
आज स्थानीय वासिन्दा संग कुराकानी गर्दै सोही वडाको वडाअध्यक्ष पदमबहादुर थपलियाले उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न छिट्टै काम सुरु गर्ने बताउनुभयो । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जंगल मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा स्थानीय बासिन्दाहरुको गर्मीमा सितलता प्राप्ति गर्ने अनि सेल्फी र टिकटक बनाउने आकर्षक स्थल बनिरहेको छ ।
पूर्वाधारको विकास गर्न सके उक्त झर्नाले गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीय बासिन्दा जितबहादुर तामाङको भनाइ छ । धार्मिक महत्व वोकेको उक्त झरना नजिकै गोकुल धुपको बोट रहेको छ ।
भगवान कृष्णले यसै झर्नामा नुहाउने गरेकाले भगवान कृष्णले पाइला टेकेकोले यो ठाउँमा गोकुल धुपको विरुवा उम्रिएको बुढा पाका बताउँछन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया