नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या चार लाख नाघ्यो
नुवाकोट । नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या चार लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार चार सय चार जना निको भएसँगै निको हुनेको सङ्ख्या चार लाख चार हजार आठ सय ८७ पुगेको छ । यो सङ्ख्या कुल सङ्क्रमितको ७६ दशमलव ५६ प्रतिशत हो ।
यस्तै अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख २८ हजार आठ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ६ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२२ हजार तीन सय ६ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार तीन सय ८७ जनामा र ६ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ४९ जना गरी आठ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप एक सय ६९ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ६ हजार सात सय जनाको ज्यान गइसकेको छ । अहिले नेपालमा एक लाख १७ हजार दुई सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया