छिमेक लघुवित्तबाट जिल्ला ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

विदुर खबर २०७८ जेठ ११ गते १९:३५

नुवाकोट । छिमेक लघुवित्त वितीय संस्था लिमिटेडले जिल्ला ट्राफिक प्रहरी कार्यलय विदुरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

Advertisement

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नलाई अग्रभागमा रहेर काम गर्दै आइरहेका प्रहरीहरुलाई प्रोत्साहन गर्न छिमेक लघुवित्त वितीय संस्था लिमिटेडले सोमवार स्वास्थ्य सामाग्री जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख सुरेन्द्र विष्टलाई हस्तान्तरण गरेको हो ।

वेत्रावतीमा शाखा कार्यलय रहेको छिमेक लघुवित्त वितीय संस्था लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गगर रहेर जिल्ला ट्राफिक प्रहरी कार्यलयलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको शाखा प्रवन्धक भानुभक्त आचार्यले जानकारी दिनुभएको छ ।

Advertisement

शाखा प्रवन्धक आचार्यको अनुसार मास्क ४ प्याकेट, सेनिटाइजर ५ लिटर, ह्यान्ड सेनिटाइजर ५ थान, हेड शिल्ड ८ वटा, एन्. नाएन्टी फाइभ मास्क १० वटा र सावुन १५ वटा प्रदान गरिएको हो । ५ हजार रुपैयाँ वरावरको स्वास्थ्य सामाग्री  प्रदान गरिएको आचार्यले बताउनुभएको छ ।

कोरोना भाइरस महामारीको यो विषम परिस्थितमा मुख्य हतियार नै स्वास्थ्य सामाग्री रहेकोेले दाताहरुबाट प्राप्त स्वास्थ्य सामाग्रीले कार्य सम्पादन गर्न हौसला मिल्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख सुरेन्द्र विष्टले बताउनुभएको छ ।

Advertisement

 

प्रतिक्रिया