रोल्पाको माडी गाउँपालिका–१ धारावाङमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु
रोल्पा, गएराति रोल्पा माडी गाउँपालिका–१ धारावाङमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
माडी गाउँपालिका–२ घर्तीगाउँबाट ओततर्फ सिमेन्ट बोकेर जाँदै गरेको रा १ त १५०७ नंको ट्याक्टर माडी–१ धारावाङमा गएराति ८.३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–७ का २७ वर्षीय चालक आशाराम चौधरी र रोल्पा गंगादेव गाउँपालिका–१ का १८ वर्षीय डम्बरबहादुर वलीको मृत्यु भएको हो । दुर्घटना भएको खबर सुन्ने बित्तिकै इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगी शव निकालेको थियो ।
मृतकका शव हाल इलाका प्रहरी कार्यालयमा राखिएको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिनुभयो । सडकबाट पाँच सय मिटर तल खसेको ट्याक्टरसमेत पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । भिरालो कच्ची सडकका कारण अनियन्त्रित भई ट्याक्टर दुर्घटना भएको हुनसक्ने औंल्याइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया