बट्टारमा थप एकजना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ जेठ ११ गते ७:३२
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर १३ स्थाई घर भइ हाल बट्टार बस्दै आएकी एक ७२ वर्षिया बृद्धा रहेकी छिन् ।
उनको उपचारको क्रममा सोमवार त्रिशुली अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
उनको सोमबार नै सामरी दाभानमा अन्तिम संस्कार गरिएको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया