पन्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामाग्री वितरण

विदुर खबर २०७८ जेठ १० गते १५:४९

नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

Advertisement

माल्टेजर इन्टरनेशनलको सहयोग तथा ग्रामीण स्बावलम्बन विकास केन्द्रको आयोजनामा गाउँपालिकालाई कोरोना सङ्क्रमण रोकथामकाको लागि स्वास्थ्य सामाग्री वितरण गरिएको ग्रामीण स्बावलम्बन विकास केन्द्र नुवाकोटले जनाएको छ ।

गाउँपालिकामा कोरोना संक्रमण न्युनिकरण तथा रोकथामका लागि निर्माण गर्न लागिएको आईसोलेशन केन्द्रलाई चाहिने सामाग्री वितरण गरिएको बताइएको छ । वितरण गरिएका सामाग्रीहरुमा १० ओटा अक्सिमिटर,३० ओटा पिपिई सेट, ३० थान ईक्जामिनेशन ग्वोब्स, ३ थान प्याटेण्ट मोनिटर, ५० लिटर सेनिटाईजर, भिटिएम ५ सय पिस रहेका छन् ।

Advertisement

यस्तै विरतण गरिएका अन्य सामाग्रीहरुमा २ सय पिस एण्टिजिन किड्स, ३ हजार पिस सर्जिकल माक्स, ५० लिटर सोडिएम हाईड्रोक्लोराईड, ५ थान अक्सिजन कन्सन्टेटर र ७ थान अक्सिजन सिलिन्डर फ्लोमिटर रहेका छन् ।

सो सामाग्री गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तामाङले विपत्तिको समयमा जहिले पनि ग्रामीण स्वाबलम्बन बिकास केन्द्रले सहयोग गर्ने गरेको बताए । उनले भुकम्प र त्यसपछिको पुननिर्माणमा समेत केन्द्रको सहयोग अतुलनिय रहेको बताए ।

Advertisement

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेस पुडासैनिले कोभिडविरुद्धको लडाईमा संघसंस्थाले वलियो सहयोगले आफुहरुलाई काम गर्न हौसल्ला मिल्ने गरेको बताए ।

पन्चकन्या गाउँपालिकामा हालसम्म ७० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया