नुवाकोटमा ७४ जनाले कोरोनालाई जितेर घर फर्किए

विदुर खबर २०७८ जेठ ९ गते १६:४८

नुवाकोट । नुवाकोटमा आज ७४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज ७४ जना कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एक हजार ७ सय ३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ९ जनाको पिसिआर परिक्षण गर्दा एकसय जनामा कोरोना संक्रमण पु्ष्टि भएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ६१ पुगेको छ । यस्तै जिल्लामा ​सक्रिय कोरोना संक्रमितको संख्या एकहजार १२ पुगेको छ ।

Advertisement

आज भेटिएका संक्रमितहरुमा विदुर नगरपालिका, तादी गाउँपालिका र ककनी गाउँपालिकामा सामान १९÷१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै किस्पाङ गाउँपालिकामा १६ जना, बेलकोटगढी नगरपालिकामा १४ जना, तारकेश्वर गाउँपालिकामा १० जना, लिखु गाउँपालिकामा २ जना र सुर्यगढी गाउँपालिकामा एकजना कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement

हालसम्म नुवाकोटमा कोरोना संक्रमणबाट १७ जनाको ज्यान गएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया