तारकेश्वर गाउँपालिकामा १० जना संक्रमित थपिए

विदुर खबर २०७८ जेठ ९ गते १६:१०

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा थप १० जनाम कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा जनामा १० कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

भेटिएका संक्रमितमा ४ पुरुष र ६ महिला रहेका छन् । यससँगै तारकेश्वर गाउँपालिकामा कोरोना संक्रमितको संख्या एकसय ९० पुगेको छ । गाउँपालिकामा कुल संक्रमितमध्ये ११२ पुरुष र ७८ महिला रहेका छन् ।

Advertisement

अहिले गाउँपालिकाका एकसय २१ जना आइसोलेसनमा उपचार गरिरहेको तारकेश्वर गाउँपालिकाले जानकारी दिएको छ । आइसोलेसनमा ६५ पुरुष र५६ महिला रहेका छन् ।

हालसम्म तारकेश्वर गाउँपालिकामा ३ सय ९० जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया