माधव नेपालमा नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत), चुनाव चिन्ह कलम
नुवाकोट । नेकपा (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालनिकट विद्यार्थी नेताले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्।
उनीहरूले गत वैशाख ७ गते नै दल दर्ताका लागि निवेदन दिएपनि अहिले एमाले विवाद उत्कर्षमा पुगेका बेला यो विषय सार्वजनिक भएको हो।
जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ताका लागि निवेदन परेकाे हो। तर, उनीहरूले दल दर्ताको प्रमाणपत्र भने पाइसकेका छैनन्।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताका लागि पेश भएका कागजात अध्ययन गर्ने काम भइरहेको बताए। पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको उनले बताए।
‘वैशाखको ७ गते दर्ताका लागि निवेदनको पेश भएको छ। दल दर्ता हुने प्रक्रियामै छ’, उनले भने। प्रमाणपत्र बुझाउने कार्य टुंगिन बाँकी रहेको श्रेष्ठले जानकारी दिए।
प्रमाणीकरणको विषयमा केही समय लाग्ने उनले बताए। ‘अहिले महामारीको बेला छ। सनाखत गर्नुपर्ने हुन्छ, हस्ताक्षरको। आयोगमा मान्छे उपलब्ध गराउन कठिन छ’, उनले भने।
२५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचवि बिनोद कुमार खुलाल सचिव ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशीला खनाल रहेका छन् । पार्टीको चुनाव चिन्ह कलम दाबी गरिएको छ।
दल दर्तका लागि निवेदन दिने राई संखुवासभाका हुन्। उनी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय थिए। उनी माधवकुमार नेपाल निटक मानिन्छन्। अनेरास्ववियुमा नविना लामाले अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा पराजित भएका थिए।
एमालेका वरिष्ठ नेता नेपाल पक्षले केही समययता छुट्टै गतिविधि सञ्चालन गर्दै आएको छ। केही महिनाअघि नै ओलीसँगै अघि बढ्न नसकिने निष्कर्षमा पुगेका उनले अहिले भने छुट्टै दल खोल्ने अवस्थामा पुगेको धारणा सार्वजनिक गरेका छन्।
राईको नेतृत्वमा दर्ता भएको दल नै माधव पक्षको हुने आकलन पनि गरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया