किस्पाङ गाउँपालिकामा २१ जना कोरोना संक्रमित थपिए
विदुर खबर
२०७८ जेठ ८ गते २०:४४

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्रिशुली अस्पतालमा आज गरिएको पिसिआर परिक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
अस्पतालमा आज ३० जनाम गरिएको पिसिआर परिक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै ९ जनाको पिसिआर रिर्पार्ट नेगेटिभ आएको अस्पतालले बताएको छ ।
यससँगै तादी गाउँपालिकामा कोरोना संक्रमितको संख्या एकसय ७८ पुगेको छ । गाउँपालिकाका ७८ जना आइसोलेसनमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यसअघि कोरोना संक्रमणबाट किस्पाङ गाउँपालिकामा दुईजना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया