तादी गाउँपालिकाका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७८ जेठ ८ गते २०:३७

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्रिशुली अस्पतालमा आज गरिएको पिसिआर परिक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
अस्पतालमा आज ६० जनाम गरिएको पिसिआर परिक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै ३३ जनाको पिसिआर रिर्पार्ट नेगेटिभ आएको अस्पतालले बताएको छ ।
यससँगै तादी गाउँपालिकामा कोरोना संक्रमितको संख्या एकसय ४४ पुगेको छ ।
Advertisement
गाउँपालिकाका ४७ जना होम आइसोलेसनमा उपचार गरिरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यसअघि कोरोना संक्रमणबाट तादी गाउँपालिकामा एकजनाको मृत्यु भइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया