बट्टारको पुरानो ढुङ्गेधारा पुन : निर्माण हुँदै

विदुर खबर २०७८ जेठ ८ गते १८:०७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ पुरानो बजारमा रहेको मल्लकालिन ऐतिहासिक महत्वको ढुङ्गेधाराको पुननिर्माण शुरु भएको छ ।

Advertisement

पुरातत्व विभागको आर्थिक सहयोगमा निर्माण हुन लागेको ढुङ्गेधाराको निर्माण आश्रीया कन्ट्रक्सनले गरिरहेको छ । २०७७ चैत्र ९ गतेबाट निर्माण शुरु गरिएको ढुङ्गेधाराको निर्माण सम्पन्न असार १५ गते सक्ने लक्ष्य लिइएको छ ।

ढुङ्गेधारा निर्माण गर्न भ्याटसहित २० लाख ७ हजार ५ सय २५ रुपैयाँ दाग्ने बताइएको छ ।

Advertisement

बट्टार पुरानो बजारको पहिचानको रुपमा रहेका ढुङ्गेधारा पुननिर्माण हुन लागेसँगै स्थानियहरुले खुशी व्यत्त गरेका छन् ।

 

Advertisement

प्रतिक्रिया