राष्ट्रपतिको कदम कदापि क्षम्य हुन सक्दैन : कोइराला
विदुर खबर
२०७८ जेठ ८ गते ६:५४
नुवाकोट । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको बताएका छन्।
मध्यरातमा प्रतिनिधिसभा भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेपछि नेता कोइरालाले ट्वीट गर्दै राष्ट्रपतिबाट आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधान च्यात्ने काम भएको उल्लेख गरे।
‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो’उनले भनेका छन्,‘ राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ। संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया