विदुर नगरपालिकाले लगाएको एकिकृत सम्पति कर घटायो, नगरपालिकाले जनदबाब थेग्न नसक्दा लगाइएको कर फिर्ता लिन बाध्य

विदुर खबर २०७५ साउन १६ गते १३:१०

विदुर÷ विदुर नगरपालिकाले गत असार १० गते लगाइको एकिकृत सम्पत्ति कर ब्यापक जनदबाव र विरोध भएसँगै घटाएको छ ।

Advertisement

नगरपालिकाले जनताको क्षमताभन्दा बढी कर असुलेर महत्वाकांक्षी भउको भन्ने व्यापाक आरोप र जनदबाब आएसँगै नगरपालिका आफ्नो निर्णयबाट पछाडि हटेको हो । विदुर नगरपालिकाले बढाएको एकिकृत सम्पत्ति करको विषयमा नेकपाकै नेता तथा कार्यकर्ताले विरोध जनाउनु तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नगरपरिषदबाट कार्यान्पय गरिएको एकिकृत सम्पत्ति कर खारेज गर्न मुख्य माग गरेर आन्दोलन चर्काउने बताएपछि नगरपालिका पछाडि हटेको स्रोतले विदुर खबरलाई बतायो ।

Advertisement

 

विदुर नगरपालिकाले एकिकृत सम्पत्ति कर घटाएसँगै नुवाकोटमा रहेका अन्य ११ स्थानिय तह समेत दबाबमा परेका छन ।

Advertisement

प्रतिक्रिया