देउवाभन्दा अगाडि बहुमतको हस्ताक्षर बोकेर ओली शितलनिवास

विदुर खबर २०७८ जेठ ७ गते १६:११

नुवाकोट ।  प्रधानमन्त्री केपी शर्मा ओली बहुमत सांसदको समर्थन रहेको दाबी प्रस्तुत गर्दै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । उनले १४० प्रतिनिधि सभा सदस्यको साथ रहेको भन्दै पत्र बुझाएका छन् ।

Advertisement

ओलीले नेकपा एमालेका १२१ र जनता समाजवादी पार्टीका १९ सांसदको साथ रहेको दाबी प्रस्तुत गरेका छन् । देउवाले बहुमतको दाबीसहित हस्ताक्षर लिएर शितलनिवास पुग्नु अगावै ओली पुगिसकेको बुझिएको छ ।

ओली र देउवा दुवैले बहुमतको दाबी गरेपछि सत्ता संघर्ष रोचक बनेको छ । यसअघि जसपाका १७ र माधव नेपालका २२ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।-

Advertisement

प्रतिक्रिया